फिनल्यान्डमा 'श्रीमती बोक्ने' प्रतियोगिता

भिडिओ क्याप्शन सुरु हुँदैछ, फिनल्यान्डमा 'श्रीमती बोक्ने' प्रतियोगिता
फिनल्यान्डमा 'श्रीमती बोक्ने' प्रतियोगिता
Published

फिनल्यान्डको सोन्कायार्भीमा यो वर्ष आयोजित 'श्रीमती बोक्ने वैश्विक प्रतियोगिता' (वाइफ-क्यारिइङ वर्ल्ड च्याम्पिअन्शिप) मा १२ देशका प्रतिस्पर्धीहरूले भाग लिए।

यो दौडमा ६० जोडी र सामूहिक स्पर्धा (टीम इभेन्ट) मा छवटा टोली सहभागी भए।

सन् १९९६ मा पहिलो पटक आयोजना गरिएको यो प्रतियोगिता कोभिड महामारीका बेला दुई वर्ष स्थगित भएको थियो। अहिले भएको प्रतियोगिता २९औँ हो।

यो प्रतियोगितामा विभिन्न प्रकारका प्रतिस्पर्धीहरू थिए। तीमध्ये १३५ केजी तौल भएका पतिलाई बोक्ने एक महिला पनि थिइन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।