अब घोडाको दूधबाट पनि आइसक्रीम, तपाईँलाई पनि चाख्न मन छ कि?

Published
पढ्ने समय: १ मिनेट

पोलन्डका खाद्य वैज्ञानिकहरूले गरेको एउटा अध्ययनबाट घोडाको दूधबाट आइसक्रीम बनाउन सकिने देखिएको छ।

मध्यएशियाका पहाडी भेगमा बसोबास गर्ने मानिसहरूले पहिलादेखि नै घोडाको दूध सेवन गर्दै आएका छन्। तर आइसक्रीम बनाउने प्रयोग चाहिँ नयाँ हो।

लन्डनकी किटी ट्र्याभर्सले पोलिश वैज्ञानिकहरूले भनेअनुसार गरेर घोडाको दूधबाट आइसक्रीम बनाएर बेच्न थालेकी छन्। हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।