आर्टिमिस अन्तरिक्षयात्रीकी पत्नीको सम्झनामा चन्द्रमाको एउटा खाडलको नाम

भिडिओ क्याप्शन सुरु हुँदैछ,
आर्टिमिस अन्तरिक्षयात्रीकी पत्नीको सम्झनामा चन्द्रमाको एउटा खाडलको नाम
Published

आर्टिमिस २ अभियानका क्रममा अन्तरिक्षयात्री जेरमी ह्यान्सनले नासाकी केल्सी यङलाई आफ्नो टोलीले चन्द्रमामा "हाम्रा खाली आँखा र हाम्रो लामो लेन्स दुवैले देख्न सक्ने" केही खाडलहरूको नामकरण गर्न चाहेको बताए।

तीमध्ये एउटा चम्किलो बिन्दु चन्द्रमाको सतहनजिकै छ। उक्त टोलीले उक्त खाडलको नाम "क्यारोल" राख्ने प्रस्ताव गर्‍यो।

आर्टिमिस २ का कमान्डर रीड वाइज्मनकी पत्नी क्यारोल टेलर वाइज्मनको सम्झनामा उनको नाम राख्न प्रस्ताव गरिएको हो।

सन् २०२० मा ४६ वर्ष हुँदा क्यारोलको क्यान्सर रोगका कारण मृत्यु भएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।