भूकम्प: टर्कीमा रहेका नेपालीको त्रास र चिन्ता
Published
टर्कीस्थित गाजीयान्टेपमा रहेका नेपालीहरूले आफूहरू सुरक्षित रहे पनि फेरि भूकम्प आउन सक्ने त्रासमा रहेको बताएका छन्।
भूकम्पपछि आफूहरू एउटा सुरक्षित होटेलमा आश्रय लिइरहेको केही वर्षयता त्यहाँ कार्यरत गुड्डु राईले बीबीसीलाई बताइन्।
उनले आफू रहेको स्थानमा खासै धेरै नेपालीहरू नरहेको बताएकी छन्।
सात दशमलव आठ म्याग्निट्यूडको शक्तिशाली भूकम्पमा हालसम्म कोही पनि नेपाली परेको खबर आफूहरूले नपाएको अधिकारीहरूले बीबीसीलाई बताएका छन्।
टर्की भूकम्पको केन्द्रबिन्दुमा रहेका नेपालीहरूसँग कुराकानी गरेर कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि