भारत: हिन्दू देवताको सम्झनामा गोबरको छ्यापाछ्याप
Published
दक्षिण भारतको गुम्मातापुरा गाउँमा स्थानदेवता बीरेश्वर स्वामी गोबरमा जन्मिएको विश्वास गरिन्छ। त्यहाँ प्रत्येक वर्ष गोबर छ्यापाछाप गरेर गोरेहब्बा पर्व मनाइन्छ।
लक्ष्मीपूजा अर्थात् दीपावलीको भोलिपल्ट उक्त गाउँ र छेउछाउका मानिसहरू आफ्ना गोठबाट गोबरसहित भेला भएर उक्त पर्व मनाउँछन्।
हिन्दू धर्ममा पवित्र मानिने गाईको गोबरमा औषधीय र कीटनाशक गुण हुने धेरैले विश्वास गर्छन्।
तर चिकित्सकहरूले यसअघि कोभिडबाट बच्न त्यसको प्रयोग नगर्न चेतावनी दिएका थिए।
हेर्नुहोस् यो भिडिओ।