ट्याटू: 'ब्रेक-अप र रोजगारीका कारण मेटाउने धेरै हुन्छन्'
Published
पछिल्लो समय रहरले भन्दा बाध्यताले ट्याटू मेटाउने मानिसहरूको सङ्ख्या बढेको ट्याटू कलाकार तथा चिकित्सकले बताएका छन्।
काठमाण्डू बौद्धकी निशा बुढाथोकी वैदेशिक रोजगारीमा जानुअघि आफूले निकै रहरले बनाएको ट्याटू मेट्न बाध्य भएको बताएकी छन्।
आफू जाने कम्पनीमा ट्याटू खोप्न नपाउने भएका कारण उनले ट्याटू मेटाउनुपरेको हो।
प्रेममा 'ब्रेक-अप' वा सम्बन्धबिच्छेदका कारण तथा सेना प्रहरीमा भर्ती हुन तथा वैदेशिक रोजगारीमा जान र विभिन्न रोजगारीका लागि ट्याटू मेटाउन मानिसहरू बाध्य भएको बताइन्छ।
सुरक्षित रूपमा ट्याटू नमेटे छालामा विभिन्न असर देखा पर्न सक्ने चिकित्सकको भनाइ छ।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि