ट्राफिक स्वयंसेवक: 'राज्यलाई सहयोग गर्छु भन्नेलाई वञ्चित पारिँदै छ'

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'राज्यलाई सहयोग गर्छु भन्दा वञ्चित पारिँदै छ'
Published

पछिल्ला केही महिनायता ट्राफिक व्यवस्थापनमा खटिने गरेका ट्राफिक स्वयंसेवक सडकमा निकै कम मात्र देखिन थालेका छन्।

ट्राफिक स्वयंसेवक परिचालनका लागि कुनै नीतिगत व्यवस्था नभएका कारण परिचालनमा कमी आएको ट्राफिक प्रहरीको भनाइ छ।

तर ट्राफिक व्यवस्थापन गर्ने कामबाट 'वञ्चित गर्न खोजिएको' स्वयंसेवकहरूको आरोप छ।

'महानगरीय स्वयंसेवक प्रहरी परिचालन निर्देशिका, २०७६' बनेको भए पनि निष्क्रिय पारिएको उनीहरूको गुनासो छ।

केही वर्षअघि सम्म उपत्यकामा दैनिक ४० जना स्वयंसेवक प्रहरी खटिने गरेको बताइन्छ।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि।