नेपाल बजेट: स्यानिटरी प्याडमा कर छुट तर अभियानकर्मीका 'माग अधूरै'

Published

आगामी आर्थिक वर्षका लागि सरकारले सार्वजनिक गरेको बजेटमा महिनावारी हुँदा प्रयोग गरिने स्यानिटरी प्याडको आयात कर छुटप्रति अभियानकर्मी सन्तुष्ट देखिएका छैनन्।

अर्थमन्त्री जनार्दन शर्माले स्यानिटरी प्याड लाग्दै आएको भन्सार महसुलमा ९० प्रतिशत छुट दिने घोषणा गरेका हुन्।

नयाँ बजेटमा नेपालमा स्यानिटरी प्याड उत्पादनका लागि लाग्ने कच्चापदार्थको आयातमा पनि एक प्रतिशत मात्रै भन्सार लाग्ने बताइएको छ। अभियानकर्मीले भने स्यानिटरी प्याड विलासी वस्तुमा कायमै राखिएको र भ्याट लगायतका अतिरिक्त कर नहटाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

सरकारको पछिल्लो निर्णयले सहरी क्षेत्रका सीमित महिलाहरूलाई केही सहुलियत प्रदान गरे पनि तर ठूलो हिस्साले प्याड प्रयोग गर्न प्रोत्साहन नगर्ने उनीहरूको भनाइ छ।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि