पिँजडा भत्काउँदै पाकिस्तानी कराते खेलाडी

Published

सन् २०१९ को दक्षिण एशियाली खेलकूदमा नेपालकी अनुपमा मगरसँग फाइनलमा पराजित नर्गिस र चञ्चला दनुवारलाई पछाडि पार्दै स्वर्ण जितेकी शाइदाका लागि कराते खेल मात्रै होइन, डरलाग्दो अनुभवसँग जुध्ने माध्यम पनि हो।

उनीहरू पश्चिम पाकिस्तानमा अल्पसङ्ख्यक हजारा समुदायका हुन् जसले दशकौँदेखि साम्प्रदायिक हिंसा सहनुपरेको छ।

सन् २०१३ को हिउँदमा एउटा बम आक्रमणमा २०० जनाभन्दा बढी हजाराको मृत्यु भयो। उक्त समुदायका अधिकांश महिलाहरू हिंसा सहन बाध्य छन् र धेरैले परिवार र साथी गुमाएका छन्। वरिपरि जाँचचौकी राखिएको ठाउँमा उनीहरूको छुट्टै बस्ती छ।

तर हजारा महिलाहरूले करातेका ठूला प्रतियोगितामा प्रतिस्पर्धा गर्दै सामाजिक प्रतिबन्धविरुद्ध सङ्घर्ष गरिरहेका छन्।

भिडिओ: मुसा यावारी

निर्देशन: केभिन किम र मुसा यावारी

सम्पादन: केभिन किम

नेपाली रूपान्तरण: विजय गजमेर