चितुवा आतङ्क नियन्त्रण गर्न फलामे खोर 'प्रभावकारी'

भिडिओ क्याप्शन सुरु हुँदैछ, चितुवा आतङ्क नियन्त्रण गर्न फलामे खोर 'प्रभावकारी'
Published

तनहुँको तुर्लुङकोटस्थित स्थानीय कुखुरा फार्म सञ्चालकले चितुवाले दुःख दिएको गुनासो गरेपछि राखिएको फलामे खोरमा एउटा भाले चितुवा परेको अधिकारीहरूले बताएका छन्।

डिभिजन वन कार्यालय तनहुँका अनुसार २०७४ सालयता चितुवाको आक्रमणबाट तनहुँमा मात्र ११ जना बालबालिकाको ज्यान गएको र कैयौँ मानिस घाइते भएका छन्।

जिल्लामा चितुवाको आतङ्क बढेपछि काठेखोरलाई परिमार्जन गरेर फलामे खोरमा पासो थाप्न थालिएको सहायक वन अधिकृत सुरेशकुमार भुजेलले बताएका छन्।

उनका अनुसार चितुवा आतङ्क नियन्त्रण गर्न फलामे खोर 'प्रभावकारी' देखिएको छ। नियन्त्रणमा लिइएको चितुवालाई चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिनेछ।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि