जलवायु परिवर्तनको असर: 'मैले पहिलो पटक औलो रोगका बिरामी भेटेँ'
Published
तराईमा भन्दा पहाडमा र पहाडमा भन्दा हिमालमा तीव्र गतिमा बढ्दो तापक्रमसँगै त्यसका नयाँ दुष्प्रभावहरू अनेक किसिमले देखा पर्न थालेका छन्।
नेपालमा पहिलो पटक उच्च पहाडी र हिमाली भेगमा लामखुट्टे र त्यसले सार्ने रोगहरू फैलिरहेको बताइएको छ।
बैतडीको मेलौलीकी स्वयंसेविका पार्वती भाटका अनुसार विगतमा आफूले औलोजस्ता रोगहरूबारे नसुनेको भए पनि हिजोआज औलो भएका बिरामीको हेरचाह गर्नुपरेको छ।
बीबीसी मिडिया एक्सनले बनाएको यो भिडिओ हेर्नुहोस्।
अनि यो पनि