फूलबुट्टे सारी: सङ्गीतकार तथा रचनाकार राजनराज शिवाकोटी भन्छन्, 'भाइरल भएको देखेर म आफैँ अचम्म पर्छु'

Published

सङ्गीतकार तथा गीतकार राजनराज शिवाकोटीले १२ वर्ष पहिले नै मार्मिक लामाको स्वरमा ‘फूलबुट्टे सारी सपक्क पारी’ गीत रेकर्ड गराएका थिए।

अहिले उनले सो गीत पुनः रेकर्ड गराए। त्यतिबेला खासै चर्चा नभएको गीतल अहिले निकै चर्चित भएको छ।

त्यसैले शिवाकोटीले यो गीतको पुरुष, महिला, बाल र 'लिजन्ड्री' गरी चार स्वरमा रेकर्ड गराएका छन्।

युगान्डाकी एक महिला र भारतका एक पन्जाबी गायकले पनि उक्त गीत नेपालीमा गाएर यूट्यूबमा राखेका छन्। उक्त गीतको संस्कृत भावानुवादबारे पनि सामाजिक सञ्जालमा चर्चा भएको देखिन्छ।

किन भाइरल बन्यो त यो गीत? सृजना श्रेष्ठले शिवाकोटीसँग कुरा गरेर बनाएको यो भिडिओ।