कोरोना भाइरस भारत: दिल्लीमा खुल्यो 'विश्वकै ठूलो' सङ्क्रमितका लागि स्याहार गृह

भारत कोरोनाभाइरस

तस्बिर स्रोत, Amit Shah/Twitter

Published

भारतको राजधानी दिल्लीमा १० हजार शय्या रहेको कोरोनाभाइरस स्याहार गृह उद्घाटन गरिएको छ।

उक्त स्याहार गृहमा सामान्य लक्षण भएका तथा कोभिड-१९ पोजेटिभ भए पनि कुनै लक्षण नदेखिएकाहरूको उपचार गरिने बताइएको छ।

२० वटा फुटबल मैदानजत्रो आकारको उक्त स्याहार गृहलाई स्थानीय सञ्चारमाध्यमहरूले विश्वकै सबैभन्दा ठूलो कोरोनाभाइरस केन्द्रका रूपमा व्याख्या गरिरहेका छन्।

दिल्ली भारतको सबैभन्दा प्रभावित क्षेत्रमध्ये एक हो।

भारतमा आइतवार एकै दिनमा सर्वाधिक २४ हजार ८०० सङ्क्रमणका नयाँ घटना पुष्टि भएको छ।

त्यहाँ हालसम्म १९ हजार भन्दा बढीले ज्यान गुमाएका छन्।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर