कोभिड नेपालः कोरोना भाइरस महामारीको दोस्रो लहरमा कस्तो छ सङ्क्रमण र मृत्युको गति

Published

गत वर्ष नेपालमा चीनबाट फर्किएका एक व्यक्तिमा ज्यानुअरीमा पहिलो पटक कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो। केही महिना विदेशबाट फर्किएका व्यक्तिमा फाट्टफुट्ट सङ्क्रमण देखिएको भए पनि मे महिनादेखि दैनिक सङ्क्रमण पुष्टि हुने क्रम बढ्यो।

तर बिस्तारै ओरालो लागेको सङ्ख्या केही सातायता ह्वात्तै बढ्न थालेको छ। यसलाई कोरोनाभाइरस महामारीको दोस्रो लहर मानिएको छ।

अहिलेसम्म दैनिक पुष्टि भएको सङ्क्रमण र मृत्युको तथ्याङ्कमा आधारित भई बनाइएको सात दिनको औसत देखाउने ग्राफमा हेर्नुहोस् कोरोनाभाइरस महामारीको प्रभाव कस्तो परेको छ।