अमेरिकी सहयोग बारेको सम्झौता एमसीसीमा विवाद किन

अडिओ क्याप्शन सुरु हुँदैछ, अमेरिकी सहयोग बारेको सम्झौता एमसीसीमा विवाद किन
Published

अमेरिकासँग ५० करोड अमेरिकी डलर अर्थात् झण्डै ६० अर्ब रूपैयाँ अनुदानमा लिने गरी गरिएको सम्झौता प्रतिनिधि सभामा अनुमोदनका लागि दर्ता भएसँगै विवादित बनेको छ।

विकासशील देशहरूलाई ठूला पूर्वाधार निर्माणमा सघाउन स्थापित अमेरिकी निकाय मिलेनीअम च्यालेन्ज कर्पोरेशन एमसीसीसँग अमेरिकाको क्षेत्रीय सुरक्षा रणनीतिसँग जोडिने भनाइहरू अमेरिकी अधिकारीहरूबाटै सार्वजनिक भएसँगै सत्तारूढ पार्टीभित्रै र बाहिर उक्त सहयोगको पक्षविपक्षमा कुराहरू उठेका छन्।

नेपालले गरेको सम्झौतामा भने अनुदान रकम मुख्य रूपमा भारतसँगको अन्तरदेशीय विद्युत् प्रसारणलाइन, केही सडक मर्मत र अन्य विषयमा खर्च हुने उल्लेख छ।

शुक्रवार काठमाण्डूस्थित अमेरिकी दूतावासले प्रेस विज्ञप्तिमार्फत् एमसीसी परियोजनामा सैन्य संलग्नतालाई अमेरिकी कानुनले निषेध गरेको जनाएको थियो।

यसै विषयमा नेपाली काङ्ग्रेसका सहमहामन्त्री प्रकाशशरण महत र नेकपाका स्थायी कमिटी सदस्य रघुजी पन्तसँग गरिएको बीबीसी बहस सुन्नुहोस्।

यो पनि पढ्नुहोस्: