केन्याबाट शरीर बेच्न भारत ल्याइएकी महिलाको कथा

Published

अफ्रिकाबाट महिलाहरूलाई लोभ्याएर भारत ल्याई वेश्यावृत्ति गराउने एउटा अवैध गिरोहबारे बीबीसी अफ्रिका आईले पत्ता लगाएको छ।

नयाँ दिल्लीमा बस्ने धेरै अफ्रिकी पुरुषहरू ती महिलाका ग्राहक हुने गर्छन्। प्राय: केन्या, युगान्डा, नाइजिरिया, तान्जानिया र रुवान्डाबाट ती महिलालाई ल्याउने गरिन्छ।

भारत ल्याउन भएको खर्चभन्दा कैयौँ गुना बढी रकम चुक्ता नभएसम्म वेश्यालय सञ्चालकहरूले राहदानी खोसेर राखिदिन्छन् र उनीहरूलाई हिँडडुल गर्न पनि दिँदैनन्।

त्यस्तै पीडा भोगेकी केन्याकी ग्रेस नामक यी महिला बीबीसी अफ्रिका आईका लागि गोप्य फिल्माङ्कन गर्न सहमत भइन्। हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि