भारत निर्वाचन: जया प्रदाको भित्रीवस्त्रबारे टिप्पणी गर्ने आजम खानको उम्मेदवारी खारेजीको माग

आजम खान र जया प्रदा

तस्बिर स्रोत, GETTY IMAGES/FACEBOOK/JAYAPRADA

Published
पढ्ने समय: २ मिनेट

भारतमा निर्वाचन सुरु भइसकेको छ। आम चुनावका क्रममा गत ११ एप्रिलमा पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेको छ भने सात चरणमा हुने चुनाव १९ मे मा सम्पन्न हुनेछ।

तर चुनावी प्रचार प्रसारका बेला निकै विवाद पनि भइरहेका छन्।

आफ्नो भित्री वस्त्रबारे टिप्पणी गरेको भन्दै भारतीय राजनीतिज्ञ तथा अभिनेत्री जया प्रदाले समाजवादी पार्टीका नेता आजम खानको कडा आलोचना गरेकी छन्।

उनले एएनआई समाचार संस्थालाई भनिन्, "म एक महिला हुँ र उनले के भने भनेर म दोहोर्‍याउन पनि सक्दिन। मैले उनलाई के गरेकी थिएँ र उनले मेरो बारेमा यस्ता कुरा गर्दैछन्?"

आजम खानले आइतवार उत्तर प्रदेशको रामपुरमा आयोजित चुनावी सभामा नाम नलिइकनै जया प्रदाबारे टिप्पणी गरेका थिए। उनले भनेका थिए, "रामपुरवासीहरूले जसलाई चिन्न १७ वर्ष लाग्यो। उनलाई मैले १७ दिनमैँ चिनिसकेको थिएँ। उनको भित्रीवस्त्रको रङ्ग खाकी हो।"

महिला आयोगको पत्र

तस्बिर स्रोत, NCW

आजम खानको त्यस्तो टिप्पणीको भारतको राष्ट्रिय महिला आयोगदेखि लिएर विदेशमन्त्री सुषमा स्वराज लगायतका वरिष्ठ भारतीय महिला नेत्रीहरूले विरोध गरिसकेका छन्।

राष्ट्रिय महिला आयोगकी प्रमुख रेखा शर्माले आजम खानलाई एक सूचना जारी गर्दै त्यस विषयमा आयोगमा स्पष्टिकरण दिन भनिसकेकी छन्।

आजम खानले किन खाकी भित्रीवस्त्रको कुरा गरे?

समाजिक सञ्जालमा धेरै चर्चा पाएको एक भिडिओमा खानले जया प्रदाले "खाकी भित्रीवस्त्र" पहिरिएको आफूले थाहा पाएको बताए।

खाकी रङ्गको भित्रीवस्त्र भन्नाले सत्तारुढ भारतीय जनता पार्टीलाई वैचारिक रूपमा मार्गनिर्देशन गर्ने राष्ट्रिय स्वयमसेवक संघका सदस्यहरूले लगाउने खैरो रङ्गको हाफ पाइन्ट बुझिन्छ। खाकी वस्त्रलाई सोही विचारधारासँग जोडिदिने चलन छ।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

खानले कसैको नाम नलिएपनि उनको भनाइ उत्तर प्रदेशको रामपुरबाट बीजेपीको टिकट पाएर चुनाव लड्न लागेकी अभिनेत्री जया प्रदातर्फ लक्षित रहेको रूपमा अर्थ्याइएको छ। चुनावी मैदानमा जया प्रदा र आजम खानबीच तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

उत्तर प्रदेशको राजनीतिमा सक्रिय रहँदै आएको समाजवादी दलका नेता खानविरुद्ध प्रहरीमा उजुरी समेत हालिएको छ।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

तर खानले आफ्नो भनाइ जया प्रदा प्रति लक्षित नभएको र आफूले कुनै पुरुषका विषयमा त्यस्तो टिप्पणी गरेको बताएका छन्।

समाजवादी दलका नेताहरू जया प्रदा विरुद्ध किन क्रुद्ध?

आजम खान

तस्बिर स्रोत, Getty Images

तर खान बारम्बार विवादमा आइरहने नेता हुन्।

सन् २०१४ मा निर्वाचन आयोगले खानले साम्प्रदायिक विभाजन ल्याउने खालको अभिव्यक्ति दिएको ठहर गर्दै उनलाई उत्तर प्रदेशको कुनै पनि चुनावी सभामा बोल्न नपाउने गरी प्रतिबन्ध लगाइदिएको थियो।

धेरै पर्यवेक्षकहरू भन्छन् पछिल्लो प्रकरण भारतीय महिला राजनीतिज्ञहरूले भारतमा निरन्तर सामाना गरिरहने लैङ्गिक विभेदको एक प्रमाण हो। महिला आयोगकी प्रमुखले पछिल्लो टिप्पणी लाजमर्दो भएको बताउँदै खानलाई चुनावमा लड्न नदिनका लागि आफूले निर्वाचन आयोगलाई अनुरोध गर्ने बताएकी छन्।

जया प्रदाविरुद्ध पुरुष नेताले लैङ्गिक रूपमा विभेदकारी हुन सक्ने टिप्पणी गरेको यो पहिलो घटना होइन।

यस अघि समाजवादी पार्टीका अर्का नेता फिरोज खानले उनी एक नर्तकी भएको र आफ्नो "नाच कौशल"ले रामपुरवासीलाई मनोरञ्जन दिने गरेको भन्दै विवादास्पद टिप्पणी गरेका थिए।

जया प्रदा केही वर्षअघिसम्म समाजवादी पार्टीमा आबद्ध थिइन्।

त्यसैले उनी त्यो दलका नेताहरूबाट आलोचित हुने गरेकी छन्।

उनले रामपुरबाटै सन् २००४ र २००९ को संसदीय निर्वाचन जितेकी थिइन्।