के तपाईँलाई आफ्नो आयु कति हो जान्न मन छ?

Published

जन्मको बेला विश्वभरि मानिसको औसत आयु 72 वर्ष रहेको छ। त्यसमा पुरुषको 70 र महिलाको 75 वर्ष। तर यो उमेरअनुसार फरक पर्छ। उदाहरणका लागि 69 वर्षे व्यक्ति औसतमा थप 17 वर्ष बाँच्न सक्छ।

स्रोत: ग्लोबल बर्डन अफ डिजीज स्टडी २०१६, इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएशन

यो क्याल्कुलेटरले कसरी काम गर्छ?

यो क्याल्कुलेटरमा औसत आयु गणनाका लागि 'ग्लोबल बर्डन अफ डिजीज स्टडी २०१६' मा प्रकाशित तथ्याङ्क प्रयोग गरिएको छ।

आफ्नो उमेर, लिङ्ग र देशका आधारमा व्यक्ति औसतमा जति बाँच्न सक्छ त्यो उसको आयु हो।

उपरोक्त अध्ययनमा भिन्न उमेर समूहहरूमा रहेको मृत्युदरलाई आधार मानेर प्रत्येक देशको औसत आयु गणना गरिएको छ।

फरक उमेरका व्यक्तिका लागि औसत आयु फरक हुनसक्छ किनभने आयु गणना गर्दा निश्चित उमेर पुगेपछि त्यो व्यक्ति कति बाँच्न सक्छ भनेर हेरिन्छ।

आयु

उदाहरणका लागि सन् २०१६ मा मेक्सिकोमा जन्मिएकी बालिका ७९ वर्षसम्म बाँच्ने अपेक्षा गरिन्छ भने ६५ वर्षे महिलाका लागि औसत आयु ८४ वर्ष हो।

'बाँकी जीवनको कति वर्ष तपाईँ स्वस्थ रहनुहुन्छ' गणना गर्न व्यक्ति राम्रो स्वास्थ्यसहित कति वर्ष बाँच्ने सम्भावना रहन्छ त्यो हेरिन्छ। यसल बाँकी आयुको प्रतिशतका रूपमा देखाइन्छ।

व्यक्तिको बाँकी जीवनमा मृत्यु र अपाङ्गताको दर स्थिर रहेको मानेर परिणाम देखाइन्छ।

रोचक भिडिओ

  • Pregnancy
  • बिरामीको शव गाडिएको विषयमा विवाद हुँदा कङ्गोको इबोला उपचार केन्द्रमा आगजनी
  • चीनमा बाढीपछिको डुबानमा लडेर फसेकी महिलाको उद्धार
  • पानीमा साइबरट्रक
  • एके-४७ कसरी चलाउने भनेर टीभीमा प्रत्यक्ष देखाउँदै इरानी टिभी प्रस्तोताहरू
  • बाँदरबारे बोल्ने सांसदहरू खुश्बु ओली, महावीर पुन र राजेन्द्र राई
  • मिशिगनमा आगलागी भएको घर
  • आर्सनलले प्रेमिअर लीग जित्ने निश्चित भएपछि समर्थकहरू
  • नुहाउने ओराङ्उटान
  • पेम्बा ठेण्डुक शेर्पा।
  • चीनमा बाढी
  • इबोला
  • लोडरमा बेहुला र बेहुली
  • प्राविधिक समस्यापछि चालकविहीन कार 'फसे'
  • दक्षिण कोरियामा के-पप थीमको रोबट पार्क
  • २ लडाकु विमान आपसमा ठोक्किए
  • विमान दुर्घटना भएपछि समुद्रबाट यात्रुहरूको उद्धार गर्दै अमेरिकी वायुसेनाको टोली
  • फिलिपिन्सको सिनेटमा भाग्दै सिनेटर डेला रोजा

धेरै रुचाइएको