क्याम्ब्रिज एनलिटिका बन्द तर अनुसन्धान नरोकिने

फेसबुक

तस्बिर स्रोत, Getty Images

Published

व्यक्तिगत गोपनियता सम्बन्धी विवादको केन्द्रमा रहेको ब्रिटेनको एउटा राजनीतिक परामर्शदाता फर्म बन्द हुने भएको छ।

क्याम्ब्रिज एनलिटिका विरुद्ध अनुचित रुपमा दशौं लाख फेसबुक प्रयोगकर्ताका विवरण अमेरिकी राष्ट्रपति ट्रम्पको चुनावी अभियान सहितका आफ्ना ग्राहकका लागि संकलन गरको आरोप लागेको थियो।

क्याम्ब्रिज एनलिटिकाले चाहिँ आफूले गल्ती नगरेको बताउँदै आएको छ।

उसले सञ्चारमाध्यममा आएका आफूबारेका विवरणको अर्थ अब ‌आफूले काम गर्न नसक्ने भएको जनाएको छ।

अनुसन्धान

तर ब्रिटेनको तथ्यांक नियामक निकायले उक्त फर्मका निर्देशकहरुमाथिको फौजदारी अनुसन्धान जारी रहने बताएको छ।

फेसबुक

तस्बिर स्रोत, Getty Images

सुचना आयुक्तको कार्यालयले सम्भावित उत्तराधिकारी कम्पनीबारे पनि नजिकबाट निगरानी गरिने उल्लेख गरेको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, ‘फेसबुक तथ्याङ्कको चुनावी प्रयोग'

क्याम्ब्रिज एनलिटिकाविरुद्ध ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताका तथ्यांक राजनीतिक अभियानका लागि संकलन गरेको आरोप लागेको छ।

ब्रिटेनको संसदको प्रविधि, संस्कृति, संचारमाध्यम र खेलकुद हेर्ने समितिका अध्यक्षले क्याम्ब्रिज एनलिटिका र उसको माउ कम्पनी एससीएललाई तथ्यांक सम्बन्धी अभिलेख मेटाउन दिन नसकिने र उनीहरूका कामबारेको अनुसन्धान महत्त्वपूर्ण रहेको बताएका छन्।