पाकिस्तान: अदालतद्वारा शरिफलाई राजनीतिमा आजीवन प्रतिबन्ध

तस्बिर स्रोत, AFP
Published
पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री नवाज शरिफलाई राजनीतिमा आजीवन प्रतिबन्ध लगाउने आदेश दिएको छ।
पाँच जना न्यायाधीशले सर्वसम्मत रुपमा उक्त निर्णय सुनाएका हुन्।
भ्रष्टाचारको आरोपमाझ शरिफले गत वर्ष प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।
बचाउ
शरिफले आफूले कुनै गल्ती नगरेको बताएका छन्।
साथै आफूविरुद्ध राजनीतिक षड्यन्त्र भएको उनको भनाइ रहँदै आएको छ।
यसअघि गत फेब्रुअरीमा सर्वोच्च अदालतले शरिफ आफूले नेतृत्व गरेको पार्टीको नेता रहन अयोग्य रहेको फैसला सुनाएको थियो।




















