मेसीः जसको गोलपछि शहरमा ‘कम्पन हुन्छ’

मेसी

तस्बिर स्रोत, EPA

Published

स्पेनका वैज्ञानिकहरूले अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीले बार्सिलोना फुटबल टीमका लागि गोल हान्दा बार्सिलोना शहरमा 'साँच्चै नै कम्पन हुने गरेको' पाइएको बताएका छन्।

अनुसन्धानकर्ताहरूले क्याम्प नोउ रंगशाला नजिकै कम्पन मापन गर्ने सिस्मोमिटर जडान गरेका थिए।

र, मेसीले गोल हानेपछि भीडले खुसियाली मनाउँदा त्यस क्षेत्रमा मानिसहरूले महसुस गर्न सकिने कम्पन हुने गरेको उनीहरूले बताएका छन्।

मेसी

तस्बिर स्रोत, EPA

गोल हानेको खुसियालीमा समर्थकहरू उफ्रिँदा र तल झर्दा कम्पन बढ्ने गरेको अनुसन्धानकर्ताहरूले उल्लेख गरेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, शरणार्थीबाट फुटबल स्टार

अर्थ साइन्सेस् इन्स्टिच्युटका अनुसन्धानकर्ताहरूले बार्सिलोनामा हुने फुटबल खेलसँग जोडिएका मानवीय गतिविधि र मोटरकारहरूको ट्राफिकले उत्पन्न गर्ने कम्पनहरूबारे अध्ययन गरिरहेका छन्।

उनीहरूले ती कम्पनले त्यहाँका भवनहरूमा पार्ने प्रभावबारे समेत तथ्याङ्क सङ्कलन गर्न गइरहेका छन्।