भारतमा प्रदूषण : दिल्लीमा युरोपेली मापदण्डको इन्धन

दिल्ली

तस्बिर स्रोत, Reuters

Published

भारतीय राजधानी दिल्लीमा युरोपेली उत्सर्जन मापदण्ड अनुसारको इन्धनसम्बन्धी व्यवस्था लागु भएको छ।

दिल्ली र आसपासका क्षेत्रका सबै इन्धन पम्पहरूले पहिलेको तुलनामा ८० प्रतिशत कम 'सल्फर' निकाल्ने पेट्रोल र डिजेल विक्री गर्न थालेका छन्।

दिल्ली यस्तो व्यवस्था लागु गर्ने पहिलो भारतीय शहर बनेको छ।

'सल्फर' कम भएको इन्धन स्वच्छ वातावरणका लागि सहयोगी मानिन्छ।

साथै सवारी साधनका लागि पनि उपयुक्त मानिन्छ।

दिल्ली

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, दिल्लीको वायु प्रदूषण असाध्यै खराब रहेको बताइन्छ र त्यसको प्रमुख कारणमध्ये सवारी साधनहरूको धुँवालाई ठानिएको छ।

लक्ष्य

डिजेल गाडीहरूबाट निस्कने 'नाइट्रोजन अक्साइड'को मात्रामा पनि अब ७० प्रतिशतले कमी आउने बताइएको छ।

उपभोक्ताहरूले थप केही तिर्नुपर्ने छैन।

मुम्बई, चेन्नाई र बैंगलोरले पनि छिट्टै दिल्लीमा लागु भएको व्यवस्था कार्यान्वयनमा ल्याउने बताइएको छ।

सन् २०२० सम्म मुलुकभर त्यो व्यवस्था लागु गरिसक्ने लक्ष्य राखिएको छ।