६५ वर्ष पुगेकालाई वृद्धभत्ता दिने निर्णय

मन्त्रिपरिषद् कार्यालय
Published

सरकारले अबदेखि ६५ वर्ष उमेर पुगेका नागरिकलाई वृद्धभत्ता दिने निर्णय गरेको छ।

हाल ७० वर्ष उमेर पुगेकाहरुले मात्र वृद्धभत्ता पाउने गरेका थिए।

वृद्धभत्ता वापत मासिक दुई हजार रुपियाँ दिने गरिएको छ।

बुधबार साँझ बसेको क्याबिनेट बैठकले भूकम्पपीडित तथा बाढीपीडितहरुलाई थप १ लाख अनुदान दिने निर्णय पनि गरेको सिंचाईमन्त्री सञ्जय गौतमले बीबीसीलाई बताएका छन्।

चुनावपछि कामचलाउमा परिणत भएको भनिएको सरकारले यी निर्णय गरेको हो।