विभाजनको घाउ
Published
२०० वर्षसम्म भारतमा शासन चलाएपछि भारत छाडेर जाँदा ब्रिटिश शासकहरुले धर्मको आधारमा सो मुलुकलाई विभाजन गरीदिए।
जसअनुसार हिन्दु बहुल भारत र मुसलमान बहुल पाकिस्तान अस्तित्वमा आए।
सत्तरी वर्ष अघि भएको सो विभाजनका क्रममा लाखौं परिवार आफु जन्मेको गाउँघर छाडन वाध्य भएभने हिंसात्मक घटनाहरुमा थप लाखौंको ज्यान गयो।
हाल पाकिस्तानमा बसोबास गर्ने मीना बीबी र भारतको फिरोजपुरमा बसोबास गर्ने रामपाल शोरीकालागि विभाजनको घाउ अझै पुरिएको छैन।
बीबीसी रिपोर्ट (भिडिओ)