मङ्गल ग्रहः नासाको पर्सिभिअरन्स रोभरले खिचेको भिडिओ

Published

अमेरिकी अन्तरिक्ष निकाय नासाले पर्सिभिअरन्स यान मङ्गल ग्रहमा अवतरण गरेको भिडिओ सार्वजनिक गरेको छ।

नासाले पठाएको उक्त रोभरमा जडित सातवटा क्यामराले अवतरणको बेला भिडिओ खिचेका थिए।

यो भिडिओको सुरुमा ३०% गति र वास्तविक स्थितिको अवस्था तुलना गरेर देखाइएको छ।

पर्सिभिअरन्सका क्यामराबाट प्राप्त दृश्यको सहयोगमा मङ्गल ग्रहको बनोट बुझ्न र त्यहाँ पठाइने अन्तरिक्ष यान वा वाहनमा प्रयोग गरिने प्रविधिमा सुधार गर्न सकिने वैज्ञानिकहरूको अपेक्षा छ।

थप सामग्री