कुख्यात तस्कर एस्कोबारका हिपो हटाउन लाखौँ डलर

Published

कोलम्बियाबाट विदेशस्थित विभिन्न वन्यजन्तु आरक्षमा ७० वटा हिपो पठाउने योजनाका लागि ३५ लाख अमेरिकी डलर खर्च लाग्ने भएको छ।

सन् १९८० को दशकमा लागुपदार्थ तस्करीका नाइके पाब्लो एस्कोबारले विदेशबाट एउटा भाले र एउटी पोथी हिपोसहित विभिन्न वन्यजन्तु अवैध रूपमा कोलम्बिया भित्र्याएका थिए। प्रहरीले गरेको एउटा कारबाहीमा सन् १९९३ मा उनको मृत्यु भयो।

पाब्लोले भित्र्याएका हिपोलाई 'कोकेन हिपो' को सङ्ज्ञा दिइएको थियो।

उनको मृत्यु भएपछि सरकारले हिपोबाहेक अरू जीवहरू विभिन्न चिडियाखानालाई वितरण गर्‍यो। तर हिपोहरूलाई त्यत्तिकै छोडियो र तिनको सङ्ख्या बढ्यो।

पाब्लोको खेतीपाती भएको एउटा ग्रामीण भेगमा ती फैलिएका छन्।

कोलम्बियामा हिपो अफ्रिकाबाहिर सर्वाधिक सङ्ख्यामा हिपोहरू छन्।

त्यहाँ हिपोको सङ्ख्या नियन्त्रण गर्ने प्रयासमा सरकारले केही हिपोको बन्ध्याकरण पनि गरिएको थियो।

कोलम्बियाका अधिकारीहरूले आगामी महिनाहरूमा केही हिपोलाई विदेश पठाउन सकिने अपेक्षा गरेका छन्। तीमध्ये १० वटा मेक्सिको र ६० वटा भारत जाने छन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि