महिला पर्यटकलाई जोगाउन क्याङ्गरूसँग घम्साघम्सी

महिला पर्यटकलाई जोगाउन क्याङ्गरूसँग घम्साघम्सी
Published

पश्‍चिमी अस्ट्रेलियाको कोह्यून कोआला पार्कमा एक अमेरिकी पर्यटकले एउटा आक्रामक क्याङ्गरूबाट एक महिलालाई जोगाएको भिडिओ सार्वजनिक भएको छ।

सहयोगको याचना गर्दै चिच्याउँदै बसेको लामो समयपछि आफूलाई क्याङ्गरूको आक्रमणबाट जोगाउन ती व्यक्ति आएको कर्ट्नी कार्टरले बीबीसीलाई बताइन्।

ती व्यक्ति र त्यो छुच्चो क्याङ्गरूबीच केही बेर घम्साघम्सी परेको थियो। पछि ती अमेरिकी पर्यटकलाई उनका छोराले पनि सघाए।

क्याङ्गरूलाई नियन्त्रणमा लिन पछि पार्ककै कर्मचारी आएपछि अवस्था साम्य भएको थियो।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।