युद्धविराम हुँदा लेबननमा उत्सव पनि आशङ्का पनि

युद्धविराम हुँदा लेबननमा उत्सव पनि आशङ्का पनि
Published

इजरेल र हिज्बुल्लाहले युद्धविराम गरेपछि लेबननमा हजारौँ मानिसहरू घर फर्किन थालेका छन्।

लेबननको राजधानी बेइरुत र इजरेलमा मानिसहरूले उक्त सहमतिबारे मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन्। केही मानिसले खुसी व्यक्त गरेका छन् भने कसैले साँच्चै युद्धविराम हुने वा त्यसले निरन्तरता पाउनेमा आशङ्का व्यक्त गरेका छन्।

विस्थापित लेबननीहरू देशको दक्षिणी भेगतिर फर्किन थालेको भए पनि इजरेलले केही स्थान अझै असुरक्षित रहेको चेतावनी दिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।