'मेरो मुटु बन्द होला जस्तै भयो': इजरेली जेलबाट छोरी छुटेपछि प्यालेस्टिनी महिला दङ्ग

'मेरो मुटु बन्द होला जस्तै भयो': इजरेली जेलबाट छोरी छुटेपछि प्यालेस्टिनी महिला दङ्ग
Published

इजरेल र हमासबीचको सहमतिपछि हमासले आफ्नो नियन्त्रणमा रहेका इजरेली र अन्य देशका बन्धकहरूलाई रिहा गरेसँगै इजरेलले पनि प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरिरहेको छ।

इजरेलमा जेल सजाय पाएकी माराह बकीर रिहा भएपछि उनको घरमा खुसी फर्किएको उनकी आमा साउसन बकीरले बताएकी छन्।

सन् २०१५ मा १६ वर्षको उमेरमा पक्राउ परेकी माराह बकीरविरुद्ध एक सीमारक्षक प्रहरी अधिकारीलाई चक्कु प्रहार गरेको भन्दै मुद्दा परेको थियो। उनी साढे आठ वर्षका लागि जेल परेकी थिइन्।

बीबीसी अरबिकको टोलीले जेरुसलेमस्थित साउसन बकीरको घरमा गई माराह र साउसनसँग कुरा गरेको छ। हेर्नुहोस् यो भिडिओ ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।